कारभित्र जलेको अवस्थामा ४१ वर्षीया महिलाको शव फेला
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१, कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै राखिएको कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार तारकेश्वर नगरपालिका–९ बस्ने ४१ वर्षीया रश्मी रिजाल शनिबार दिउँसो कारको पछाडिपट्टिको सिटमा जलेको अवस्थामा मृत भेटिएकी हुन्।
घटनाबारे थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ भने शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment