भानुभक्तको सालिक तोडफोड आरोपमा रोशन कुँवर पक्राउ

डिसी नेपाल
१० साउन २०८३ ८:२०

लमजुङ। लमजुङको मध्यनेपाल नगरपालिका–४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा स्थापित आदिकवि भानुभक्त आचार्य र वीरगञ्जवासी खड्कबहादुर थापाको सालिक तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार घटनाको अनुसन्धानका क्रममा तनहुँको व्यास नगरपालिका–७ का स्थायी बासिन्दा तथा हाल लमजुङमा बस्दै आएका २४ वर्षीय रोशन कुँवरलाई पक्राउ गरिएको हो। सालिकमा क्षति पुर्‍याउने घटना साउन ७ गते राति भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका कुँवरविरुद्ध आपराधिक उपद्रव मुद्दा दर्ता गरिएको छ। उनीमाथि थप अनुसन्धान गर्न लमजुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद प्राप्त गरिएको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *