सरकारी टोली र अनसनरत डा. गोविन्द केसीबीच एक चरणको भयो वार्ता
धनगढी। सरकारी टोली र अनसनरत डा. गोविन्द केसीबीच एक चरणको वार्ता भएको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा दुवै पक्षबीच एक चरणमा छलफल भएपछि केसी पक्ष थप छलफलमा जुटेको छ।
सो पक्ष अहिले डा. केसीसंगै परामर्श गरिरहेको छ। अनसनरत डा. केसीका सहयोगी डा. अमृत जैसीले वार्ता सकारात्मक भएपनि थप छलफल आवश्यक रहेको बताए।
त्यसकालागि डा. केसीसँगै छलफल भइरहेको छ। वार्ता पक्षले आईसीयूमै केसीलाई भेट गरिरहेका छन्। हालसम्म के-के कुरामा छलफल भयो भन्ने विषय भने खुलाइएको छैन।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment