सुनसरी घटना : सिंहदरबारमा बस्यो केन्द्रीय सुरक्षा समितिको बैठक
काठमाडौं । सुनसरीको देवानगञ्जमा उत्पन्न तनावपूर्ण स्थितिलाई मध्यनजर गर्दै सिंहदरबारस्थित गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।
गृह मन्त्रालयको अध्यक्षतामा जारी यस बैठकमा गृहसचिव, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक र नेपाली सेनाका प्रतिनिधिको सहभागिता रहेको छ। बैठकमा सुनसरी घटनालगायत देशको समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गरी आगामी सुरक्षा रणनीतिबारे छलफल भइरहेको छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा तथा कर्फ्यू आदेश जारी गरेको छ। यद्यपि, कर्फ्यू आदेश उल्लङ्घन गर्दै सुनसरीका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन्।
घटनालगत्तै गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरूसँग गरेको छलफलपछि मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।
गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यका अनुसार एक साताभित्र प्रतिवेदन बुझाउने गरी म्याद पाएको यस समितिले घटनाको छानबिन गर्नुका साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसमेत दिनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment