बिजुलीको भ्याट साउन १ गतेबाट मात्र लागू हुने आन्तरिक राजस्व विभागको स्पष्टोक्ति

डिसी नेपाल
११ साउन २०८३ १८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले बिजुली खपतमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) साउन १ गतेबाट मात्र आकर्षित हुने स्पष्ट पारेको छ।

आर्थिक ऐन २०८३ ले मूल्य अभिवृद्धि कर ऐन २०५३ लाई संशोधन गर्दै विद्युत् सेवा प्रदान गर्ने अन्तिम उपभोक्तालाई ५ प्रतिशत तथा अन्य व्यक्तिका सम्बन्धमा १३ प्रतिशतका दरले भ्याट लाग्ने व्यवस्था गरेको थियो। यस व्यवस्थासँगै असार मसान्तसम्मको खपतको बिलिङ साउन १ गते भए नभएको, तथा न्यूनतम र डिमाण्ड चार्जमा कर लाग्ने वा नलाग्ने भन्ने विषयमा सर्वसाधारण, उपभोक्ता र व्यवसायीमा अन्योल उत्पन्न भएको थियो।

विभागले आर्थिक ऐनको व्यवस्था अनुसार नै करको प्रावधान साउन १ गतेबाट प्रारम्भ हुने भएकाले सोही मितिदेखि मात्र कर आकर्षित हुने प्रस्ट्याएको छ।

तदनुरूप, कुनै पनि उपभोक्ताको असार मसान्तसम्मको खपतमा कर लगाइएको भए सो करस्वतः छुट हुने र त्यसमा मूल्य अभिवृद्धि कर नलाग्ने विभागले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *