प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो
काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो पठाइसकेको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनका क्रममा उक्त जानकारी दिएका हुन्।
पत्रकारको एक जिज्ञासाको जवाफ दिँदै प्रवक्ता जैसवालले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो दिइसकेको पुष्टि गरे पनि भ्रमणको मिति र समयबारे भने कुनै पनि विवरण खुलाएका छैनन्।
हालै भएका केही उच्चस्तरीय नेपाली अधिकारीहरूको भारत भ्रमण र प्रधानमन्त्री शाहको सम्भावित भ्रमणको सम्बन्धबारे गरिएको प्रश्नमा उनले आफू यस विषयमा अनभिज्ञ रहेको तर निमन्त्रणा भने भइसकेको बताएका छन्।
Bi-Weekly Media Briefing by the Official Spokesperson (July 28, 2026)
https://t.co/WmOwcVVDGD— Randhir Jaiswal (@MEAIndia) July 28, 2026
No ads found for this position


डिसी नेपाल
Facebook Comment