आज कुन राशिका व्यक्तिले नयाँ कामको सुरुवात नगर्ने? हेर्नुहोस् आजको राशिफल

डिसी नेपाल
१३ साउन २०८३ ६:१२

मेष (Aries)

दिन अनुकूल रहेको छ। आफन्त तथा इष्टमित्रबाट सोचेजस्तै साथ र सहयोग मिल्नेछ। स्वास्थ्य र शिक्षाका क्षेत्रमा केही ढिलासुस्ती महसुस भए पनि व्यापार-व्यवसायमा भने राम्रो फाइदा हुनेछ। राजनीतिमा सुधारका नयाँ संकेतहरू देखिनेछन्। परिवारसँग मिलेर गरेका कामहरूबाट दीर्घकालीन लाभ मिल्नेछ।

वृष (Taurus)

आजको दिन शुभ रहनेछ। शिक्षाका क्षेत्रमा आज बनाइएका योजनाहरू दीर्घकालीन रूपमा लाभदायक सिद्ध हुनेछन्। आर्थिक तथा सम्पत्तिका मामिलामा भने केही जोखिम हुनसक्ने भएकाले सतर्कता अपनाउनुहोला। वित्तीय कारोबार गर्दा विचार पुर्‍याउनु बेस हुन्छ। अप्ठ्यारो परिस्थितिमा परिवारको पूर्ण साथ प्राप्त हुनेछ।

मिथुन (Gemini)

दिन फलदायी छ। तपाईंको बोलीको प्रभावले रोकिएका र बिग्रेका कामहरू बन्नेछन्। मान-सम्मान र प्रतिष्ठा पाउने अवसर मिल्नसक्छ। निर्णय लिने क्षमतामा वृद्धि गर्दा थप फाइदा पुग्नेछ। स्वास्थ्य स्थितिमा सुधार आउनेछ भने प्रेम सम्बन्ध अझ सुमधुर र प्रगाढ बन्नेछ।

कर्कट (Cancer)

दिन सामान्यतया राम्रो रहनेछ। शिक्षाको क्षेत्रमा राम्रो प्रगति हुने योग छ। यद्यपि, मनमा केही अकारण चिन्ता वा अशान्ति बढ्न सक्छ। बिहानको सुरुवात धार्मिक वा आध्यात्मिक कार्यबाट गरेमा सम्भावित संकटहरू टरेर जानेछन्।

सिंह (Leo)

आज अलि होसियार भएर काम गर्नुपर्ने दिन छ। अरूको काम वा समस्यामा धेरै समय र ऊर्जा खर्च हुनसक्छ। स्वास्थ्यप्रति विशेष सजगता अपनाउनुहोला। हातबाट उम्किन लागेको राम्रो अवसर पुनः प्राप्त हुनेछ। नयाँ मित्रहरू थपिनेछन् र परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

कन्या (Virgo)

दिन अत्यन्तै शुभ छ। जग्गाजमिन वा घरजग्गाको कारोबारमा लगानी गर्नुभएको छ भने विशेष फाइदा हुनेछ। कृषि तथा व्यावसायिक क्षेत्रबाट लाभ मिल्नेछ। दाम्पत्य जीवनमा आपसी समझदारी र मेलमिलाप कायम रहनेछ भने परिवारको पूर्ण सहयोग मिल्नेछ।

तुला (Libra)

दिन मिश्रित वा सामान्य रहनेछ। स्वास्थ्यमा केही ससाना समस्याहरू देखिन सक्ने भएकाले खानपानमा ध्यान दिनुहोला। प्रतिस्पर्धी वा शत्रुहरूको प्रभाव बढ्न सक्छ। संकटको समयमा साथीभाइ र परिवारको दह्रो साथ मिल्नेछ। प्रेम सम्बन्ध भने प्रगाढ र सुमधुर बन्नेछ।

वृश्चिक (Scorpio)

दिन निकै उत्तम छ। कृषि, पशुपालन तथा प्राकृतिक स्रोत साधनको उपयोगबाट उल्लेखनीय लाभ मिल्नेछ। समाजमा तपाईंको कार्यको प्रशंसा गर्नेहरू बढ्नेछन्। राजनीति वा सामाजिक क्षेत्रमा सेवाको नयाँ अवसर मिल्न सक्छ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ।

धनु (Sagittarius)

आजको दिन केही चुनौतीपूर्ण हुनसक्छ। काममा अनावश्यक बाधा-अड्चनहरू आउने र शत्रुहरू सक्रिय हुने योग छ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा केही प्रतिकूलता महसुस हुनसक्छ। यद्यपि, वरिष्ठ वा अभिभावकको सही सल्लाह लिएर अघि बढेमा कार्य सफल हुनेछ।

मकर (Capricorn)

दिन राम्रो रहनेछ। केही आर्थिक खर्च भए पनि राजनीतिक वा सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति हुनेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरिएको कडा मिहिनेतको उचित फल प्राप्त हुनेछ। पारिवारिक तथा दाम्पत्य जीवन सुखमय बित्नेछ।

कुम्भ (Aquarius)

आजको दिन आनन्ददायक रहनेछ। परिवारका सदस्यहरूसँग कुनै सुखद् यात्रा वा भ्रमणको योग बनेको छ। मन खुसी र प्रफुल्ल रहनेछ। पुराना साथीभाइसँगको भेटघाटले भविष्यका लागि नयाँ र लाभदायक योजनाहरू बनाउन मद्दत पुग्नेछ।

मीन (Pisces)

दिन सकारात्मक रहेको छ। राजनीतिक तथा सामाजिक क्षेत्रमा सुधारका स्पष्ट संकेतहरू देखिनेछन्। शिक्षा र स्वास्थ्यका क्षेत्रमा गरिएका प्रयासहरू सफल हुनेछन्। कामको दौरान आउने सानातिना अवरोधहरूलाई धैर्य र संयमका साथ सामना गर्नुहोला।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *