आजको राशिफल र ग्रहाचार : तपाईँको राशिमा आज के छ खास?

डिसी नेपाल
१४ साउन २०८३ ६:१२

मेष (Aries) आजको दिन शुभ छ। वैदेशिक वा नयाँ क्षेत्रको लगानीबाट राम्रो नाफा मिल्ने योग छ। परिवारभन्दा बाहिरका मानिसहरूबाट मान-सम्मान मिल्नेछ। शिक्षा क्षेत्रमा सुधारका नयाँ सङ्केतहरू देखिनेछन् भने इष्टमित्र तथा दाजुभाइबाट बलियो साथ-सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध झन् सुमधुर र प्रगाढ बन्नेछ।

वृष (Taurus) आजको दिन निकै सकारात्मक रहनेछ। आम्दानीका नयाँ स्रोतहरू पहिल्याउँदा आर्थिक स्थिति सबल बन्नेछ। साथीभाइको राम्रो साथ मिल्नुका साथै स्वास्थ्यमा क्रमिक सुधार आउनेछ। शिक्षा क्षेत्रमा भने अलि बढी मिहिनेतको आवश्यकता देखिन्छ। पारिवारिक जीवन सुखद् रहनेछ र आफन्तको पूर्ण सहयोग मिल्नेछ।

मिथुन (Gemini) आजको दिन औसत रहनेछ। नजिकका आफन्तहरूसँग केही दूरी बढ्न सक्छ। यद्यपि, सम्पत्ति आर्जनका दृष्टिले दिन फलदायी छ। आध्यात्मिक र धार्मिक गतिविधिमा समय बिताउँदा मानसिक शान्ति तथा लाभ मिल्नेछ। दिनको सुरुवात कुनै धार्मिक वा आध्यात्मिक कार्यबाट गर्नु उत्तम हुनेछ।

कर्कट (Cancer) आजको दिन उत्साहजनक छ। विशेष गरी कृषि तथा पशुपालन व्यापारमा संलग्नहरूका लागि राम्रो नाफा हुनेछ। भौतिक सम्पत्तिको अत्यधिक पछि लाग्दा स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले सजग रहनुहोला। दाम्पत्य जीवनमा केही सामान्य मनमुटाव देखिए पनि साथीभाइको सहयोगले वातावरण सहज बन्नेछ।

सिंह (Leo) आजको दिन सामान्य रहनेछ। अनावश्यक काममा सञ्चित धन खर्च हुन सक्ने भएकाले सजग रहनुहोला। स्वास्थ्यप्रति बेवास्ता गर्ने बानीले केही समस्या निम्त्याउन सक्छ। यद्यपि, शिक्षा र राजनीतिको क्षेत्रमा गरिएका प्रयासहरू सफल हुनेछन्। आफ्ना योजना र गोपनीयता कायम राख्नु नै हितकर हुनेछ।

कन्या (Virgo) आजको दिन निकै राम्रो छ। धनलक्ष्मी योग परेकाले रोकिएको वा गुम्न लागेको धन फिर्ता हुने प्रबल सम्भावना छ। पुराना स्वास्थ्य समस्याहरूमा सुधार आउनेछ। पठनपाठनमा अझ बढी ध्यान दिनुपर्ने देखिन्छ। राजनीतिक क्षेत्रमा भने विरोधीहरूले घेराबन्दी गर्न सक्ने भएकाले सतर्क रहनुहोला।

तुला (Libra) आज मनमा केही चिन्ता वा अशान्ति छाउन सक्छ। दैनिक काम-व्यवहारमा केही सोचेजस्तो ढिलाइ वा अवरोध हुन सक्छ। यद्यपि, स्वास्थ्य क्षेत्रमा सुधार आउनेछ भने शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण अवसरहरू हात पार्न सकिनेछ। परिवारमा मेलमिलाप र सद्भाव बढ्नेछ भने प्रेम जीवन सुखद् रहनेछ।

वृश्चिक (Scorpio) आजको दिन अत्यन्तै शुभ छ। शुभ ग्रहहरूको प्रभाव प्रबल रहेकाले रोकिएका र सोचेका कामहरू सहजै बन्नेछन्। राजनीति तथा समाजसेवामा गरिएका प्रयासहरू सफल हुनेछन्। शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति हुनेछ भने निजी शैक्षिक क्षेत्रमा गरिएको लगानीले राम्रो प्रतिफल दिनेछ।

धनु (Sagittarius) आज मन प्रसन्न र उत्साहित रहनेछ। सामाजिक क्षेत्रबाट मानसम्मान र प्रतिष्ठा प्राप्त हुनेछ। अग्रज वा गुरुजनको मार्गदर्शन र सहयोग पाउन व्यवहारमा अझ नम्रता अपनाउनुहोला। स्वास्थ्यमा सुधार आउनेछ। परिवारका सदस्यहरूसँग रमाइलो र सुखद् यात्राको योग छ।

मकर (Capricorn) आजको दिन फलदायी रहनेछ। नयाँ साथीहरूसँगको भेटघाटले दीर्घकालीन योजना र सहकार्यको बाटो खोल्नेछ। वैवाहिक जीवन सुखी र सफल रहनेछ भने प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। शिक्षा वा अध्ययनका क्षेत्रमा गरिएको लगानीबाट सकारात्मक परिणाम मिल्नेछ।

कुम्भ (Aquarius) आजको दिन सामान्य तर सकारात्मक छ। धार्मिक तथा सामाजिक कार्यहरूमा सहभागी हुने अवसर मिल्नेछ। पुराना विरोधी वा प्रतिस्पर्धीहरूसँग पनि सहकार्यको वातावरण बन्न सक्छ। व्यापार व्यवसायमा नयाँ लगानीका लागि हिम्मत गर्दा फाइदा पुग्नेछ।

मीन (Pisces) आज साना-साना कुराले पनि मनमा ठूलो खुसी र सन्तोष मिल्नेछ। अध्ययन-अध्यापन र रोजगारीका क्षेत्रमा ग्रहहरू बलिया छन्। नयाँ रोजगारीका लागि उत्कृष्ट प्रस्तावहरू आउन सक्छन्। अवसरको सही सदुपयोग गर्नुहोला।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *