अफवाह नफैलाउन र सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको सार्वजनिक अपिल

डिसी नेपाल
१४ साउन २०८३ १९:४४

वीरगञ्ज । पर्सा जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न जिल्लामा विकसित संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै जिल्लावासीका नाममा सार्वजनिक अपिल जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी अपिलमा पर्साको बहुजातीय र बहुधार्मिक पहिचानलाई जोगाउन सबै समुदायबीच आपसी सहिष्णुता कायम राख्न आग्रह गरिएको छ।

प्रशासनले साउन १५ गते बिहान ६ बजेसम्म लागू गरिएको निषेधाज्ञाको पूर्ण पालना गर्न, अनावश्यक रूपमा घर बाहिर ननिस्कन तथा भेला र प्रदर्शन नगर्न अनुरोध गरेको छ। साथै, सामाजिक सञ्जालमा अफवाह, उत्तेजक सामग्री वा द्वेष फैलाउने किसिमका पोष्ट तथा शेयर नगर्न चेतावनी दिँदै, यस्ता गतिविधिमा संलग्नलाई कानुनबमोजिम कडा कारबाही गरिने स्पष्ट पारेको छ।

प्रशासनले सबै प्रकारका विवाद र असहमतिको समाधान शान्तिपूर्ण संवाद तथा कानुनी प्रक्रियाबाट मात्र गर्न, कानुन हातमा नलिन र जिल्लाको शान्ति–सुरक्षा कायम राख्न सम्पूर्ण नागरिकलाई अपिल गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *