डा. राजु अधिकारी एनआरएनए आइसीसीको सल्लाहकार मनोनयन
काठमाडौं। अष्ट्रेलियामा कार्यरत वैज्ञानिक डा. राजु अधिकारी गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी)को सल्लाहकार मनोनयन गरिएका छन्।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को हालै सम्पन्न ११५ औँ बैठकले उनलाई संस्थाको सल्लाहकार पदमा नियुक्त गरेको हो।
झन्डै गत तीन दशकदेखि कमनवेल्थ साइन्टिफिक एण्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन (सीएसआइआरओ) अष्ट्रेलियामा आबद्ध भएर डा अधिकारीले अनुसन्धान तथा विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका छन्। उनले विभिन्न प्रतिष्ठित जर्नलहरूमा १०० भन्दा बढी अनुसन्धानमूलक लेखहरु प्रकाशन गरेका छन् साथै २८ ओटा पेटेन्टहरू दर्ता गरेका छन्। हाल उनी सीएसआइआरओको कृषि र खाद्य विभागमा सल्लाहकारको रूपमा काम गर्नुका साथै आरएमआइटी विश्वविद्यालयमा सहायक प्राध्यापकको रुपमा संलग्न छन्
डा अधिकारी नेपाल साइन्स फाउन्डेशन र गैर आवासीय नेपाली संघको सीप, ज्ञान र नवप्रवर्तन समितिका संस्थापक अध्यक्ष पनि हुन्। उनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, सीएसआइआरओ लगायत धेरै प्रतिष्ठित संस्थाहरुबाट पुरस्कार तथा सम्मान प्राप्त गरेका छन्।
हाल उनी भिक्टोरिया बहुसांस्कृतिक आयोगको क्षेत्रीय सल्लाहकार परिषद्, पूर्व स्वयंसेवकहरूको बोर्ड सदस्यको रूपमा पनि कार्यरत छन्। हेल्प नेपाल नेटवर्कसंग आबद्ध उनी ग्लोबल स्मार्ट हेल्थका अनुसन्धान निर्देशक, अध्यक्ष, नुरिस नेसन फाउन्डेसन र जेनेभास्थित इमोशनल वेलबिइंग इन्सटिच्युटका उपाध्यक्ष पनि हुन्। हाल उनी परिवारसहित मेलबर्नमा बस्दै आएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment