मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ को उपाधि बिपिशा र रोजीलाई

डिसी नेपाल
१७ साउन २०८३ १०:४७

काठमाडौं। सामरी इन्टरनेशनल इभेन्टस् प्रालिद्वारा आयोजित ‘मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६–सिजन २’ को उपाधि ‘मिस’तर्फ बिपिशा भट्टराई र ‘मिसेस’तर्फ रोजी श्रेष्ठले जितेका छन्। काठमाडौंमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै उनीहरूले यो शीर्षक जितेका हुन्।

बिहे सेवा मुख्य प्रायोजक रहेको यस प्रतियोगितामा ‘मिस’तर्फ नुमा फुङ सुब्बा फस्ट रनरअप बनिन्। त्यसैगरी ‘मिसेस’तर्फ कल्पना प्रसाई (कामना) फस्ट रनरअप, सरिता राई सेकेण्ड रनरअप, गम्भीर गंगा थर्ड रनरअप तथा गीता देवी अर्याल फोर्थ रनरअप घोषित भए।

प्रतियोगितामा विविध विधागत उपाधिहरू पनि प्रदान गरिएको थियो, जसअन्तर्गत कल्पना राईले ‘पब्लिक च्वाइस’, तीर्थाकुमारी मगरले ‘भ्युवर च्वाइस’ र हिमाकुमारी राजवंशीले ‘मेनेजमेन्ट च्वाइस’ अवार्ड हात पारे।

यसैगरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गराउने क्रममा राधा न्यौपाने ढकाललाई ‘मिसेस एसिया इन्टरनेशनल नेपाल’ र दुर्गादेवी थापालाई ‘क्लासिक मिसेस एसिया इन्टरनेशनल नेपाल’को उपाधि सुम्पिइयो।

सामरी इन्टरनेशनल इभेन्ट्सका अध्यक्ष भरत सामरीका अनुसार महिलाको नेतृत्व विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, सशक्तिकरणका साथै नेपालको कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ यो आयोजना गरिएको हो।

अन्तिम प्रतिस्पर्धामा उत्रनुअघि सहभागीहरूलाई सार्वजनिक वक्तृत्वकला, र्याम्प वाक, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वजस्ता विषयमा विस्तृत प्रशिक्षण दिइएको थियो। विभिन्न प्रतिस्पर्धात्मक चरण, सांस्कृतिक प्रस्तुति र फेसन शोका आधारमा निर्णायक मण्डलले अन्तिम विजेताहरूको छनोट गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *