ऋणको पीडा र सामाजिक यथार्थ बोल्ने ‘ऋणै ऋणमा डुबे आमा’ टिकटकमा भाइरल
काठमाडौं। नेपाली समाजको तितो यथार्थ, आर्थिक संकट र ऋणको बोझले थिचिएका परिवारको वेदना बोलेको भावुक गीत ‘ऋणै ऋणमा डुबे आमा’ पछिल्लो समय सामाजिक सञ्जालमा व्यापक चर्चामा छ। विशेष गरी टिकटक र फेसबुकजस्ता प्लेटफर्ममा यो गीत छोटो समयमै तीव्र गतिमा भाइरल भइरहेको छ।
दीपेन्द्र कुमार थापाका मार्मिक शब्द र चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको यस गीतमा गायक थानेश्वर गौतमको सशक्त एवम् भावुक स्वर सुन्न सकिन्छ।

साहुको ऋण तिर्न नसक्दा सर्वसाधारणले भोग्नुपर्ने विवशता, मानसिक तनाव र पारिवारिक संघर्षलाई गीतमा निकै जीवन्त रूपमा उतारिएको छ। धेरै श्रोता-दर्शकले यसलाई “आफ्नै जीवनको यथार्थ कथा” भन्दै सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्।

‘द डिभाइन म्युजिक’को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतको भिडियोलाई माधव शर्माले निर्देशन गरेका हुन्। भिडियोमा कलाकारहरू हिउँवाला गौतम, आस्मा पाण्डे र रमेश विश्वकर्माको मार्मिक अभिनय देख्न सकिन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment