हेल्प नेपाल नेटवर्क अस्ट्रेलियाद्वारा सिड्नीमा विशेष कार्यक्रम, प्रमुख अतिथि सांसद आएश एम्बिको सहभागिता

डिसी नेपाल
१७ साउन २०८३ १४:४६

काठमाडौं।। हेल्प नेपाल नेटवर्क अस्ट्रेलियाको आयोजनामा अस्ट्रेलियामा एक भव्य तथा प्रभावकारी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

छोटो समयको तयारीका बाबजुद संस्थाले प्रभावकारी ढङ्गबाट कार्यक्रम आयोजना गरेकोमा आयोजक टिम तथा सहभागीहरूले खुसी व्यक्त गरेका छन्।

कार्यक्रममा अस्ट्रेलियाका संघीय सांसद आएश एम्बि प्रमुख अतिथिका रूपमा सहभागी थिए भने सुकृती भट्ट विशिष्ट अतिथिका रूपमा उपस्थित थिइन्।

त्यसैगरी, विभिन्न आमन्त्रित व्यक्तित्वहरू तथा स्थानीय कलाकारहरूको उल्लेख्य उपस्थिति रहेको उक्त समारोहमा संस्थाका गतिविधि र सामाजिक योगदानबारे चर्चा गरिएको थियो।

कार्यक्रमलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै हेल्प नेपाल नेटवर्कका ग्लोबल कोअर्डिनेटर डिला खरेल, नेसनल कोअर्डिनेटर सन्तोषी गौतम, इन्द्रा वन, तारा प्रकाश श्रेष्ठ, हर्ष गौतम, रचना गौतम र लक्ष्मण शर्मासहित सम्पूर्ण हेल्प नेपाल नेटवर्क अस्ट्रेलिया परिवारप्रति आयोजक तथा सहभागीहरूले हार्दिक आभार एवं धन्यवाद व्यक्त गरेका छन्।

साथै, कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अन्य अतिथिहरू तथा कलाकारहरूलाई संस्थाका तर्फबाट अध्यक्ष अरूणसिंह बस्नेतले विशेष धन्यवाद ज्ञापन गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *