सनी लियोनीले वयस्क फिल्म खेलेको पहिलो पटक थाहा पाउँदा उनकी आमाको प्रतिक्रिया के थियो ?
काठमाडौं । बलीवुड अभिनेत्री सनी लियोनी कुनै समय एडल्ट इन्डस्ट्रीमा काम गर्थिन्। बायोग्राफिकल सिरिज ‘करनजीत कौर: द अनटोल्ड स्टोरी अफ सनी लियोनी’ मा उनले आफ्नो जीवनको यस यात्राबारे खुलाएर कुराकानी गरेकी थिइन्।
सनीका अनुसार, एडल्ट इन्डस्ट्रीमा प्रवेश गरेको खबर परिवारलाई थाहा हुनु उनको जीवनको सबैभन्दा पीडादायी क्षणहरूमध्ये एक थियो। जब उनकी आमाले यो कुरा थाहा पाइन्, उनको पहिलो प्रश्न थियो, ‘के तिमी नाङ्गै थियौ ?’ सनीको सत्यता थाहा पाएपछि उनको परिवार पूर्ण रूपमा स्तब्ध बनेको थियो।
सनीले आफूलाई यो खबरले आमाबुबालाई ठूलो धक्का दिनेछ भन्ने अनुमान पहिले नै रहेको बताएकी थिइन्। न्युड फोटोसूट र एडल्ट फिल्महरू गरेर उनी आर्थिक रूपमा बलियो भएकी भए पनि परिवारलाई यसबारे भन्नु उनका लागि निकै गाह्रो काम थियो।
सनीले यदि यो कुरा कुनै खुसीको खबरसँगै भनिन् भने आमाबुबाको रिस कम होला भन्ने सोचेकी थिइन्। उनले घरमा आफू ‘पेन्टहाउस पेट अफ द इयर’ चुनिएको र त्यसका लागि १ लाख डलर पुरस्कार पाएको बताएकी थिइन्। तर, यो सुनेर घरमा एकाएक सन्नाटा छाएको थियो।
उनकी आमाले केवल एउटा प्रश्न सोधेकी थिइन्- ‘के तिमी कपडाविहीन थियौ ?’ यति भनेर उनी रुन थालेकी थिइन्। सनीले भनिन्, ‘जब मेरी आमालाई म को थिएँ भन्ने कुरा थाहा भयो, उहाँ धेरै दुःखी हुनुभयो। उहाँले सोध्नुभयो— ‘किन तिमीले आफ्नै भाइको नाम राख्यौ ?’ (सनीका भाइको उपनाम सनी हो)।
सनीका बुबा पनि निकै क्रुद्ध थिए। आफ्नी छोरीले यति ठूलो निर्णय लिनुअघि एकपटक पनि सोचिनन् भन्ने कुरामा उनी दुःखी थिए। यद्यपि, पछि सनीका बुबाले छोरीले यो बाटो रोजिसकेपछि अब यसैमा सफल हुनुपर्छ भन्ने कुरा स्वीकार गरेका थिए।
सनीका अनुसार उनको परिवार गरिब थिएन, तर आमाबुबाले उनी र भाइका हरेक आवश्यकता पूरा गर्न सक्दैनथे। त्यसैले उनी आफ्नै खुट्टामा उभिन चाहन्थिन्। सनीको यस पेसाका कारण उनका आमाबुबाले समाजबाट निकै वचन र गाली सुन्नुपरेको थियो।
एडल्ट इन्डस्ट्रीपछि सनीले रियालिटी शो ‘बिग बोस’ मा भाग लिइन्। त्यसपछि उनी भारतमा स्टार बनिन्। उनले फिल्म ‘जिस्म २’ बाट बलिउडमा कदम राखेकी हुन्। उनी ‘रागिनी एमएमएस २’, ‘मस्तीजादे’, ‘वन नाइट स्ट्यान्ड’ जस्ता फिल्महरूका अलावा धेरै शोहरूको होस्ट पनि भइसकेकी छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment