गायिका आगन्तुक खरेलले काठमाडौंमा खोलिन् ‘प्रीटि सलून’: अब नेपालमै अन्तर्राष्ट्रियस्तरको ब्युटी र स्किन केयर सेवा
काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा विगत ११ वर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएको ‘प्रीटि सलून’ ले काठमाडौँमा पनि आफ्ना सेवा विस्तार गरेको छ। अन्तर्राष्ट्रियस्तरको ब्युटी तथा आधुनिक स्किन केयर सेवा दिने उद्देश्यका साथ गायिका आगन्तुक खरेलले काठमाडौँमा यस सलूनको सञ्चालन सुरु गरेकी हुन्।
काठमाडौँ महानगरपालिका-३१, शङ्खमूलस्थित बागमती पुल छेउमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको भवनको तेस्रो तलामा सलून सञ्चालनमा ल्याइएको हो। साङ्गीतिक क्षेत्रका चर्चित सेलिब्रेटीहरूको उपस्थितिमा गायिका खरेलकी सुपुत्री आँचल पुनले रिबन काटेर सलूनको औपचारिक उद्घाटन गरेकी थिइन्। उद्घाटन समारोहमा उपस्थित कलाकारहरूसँगै केक काटेर कार्यक्रमलाई भव्य रूपमा मनाइएको थियो।
महिलाहरूका लागि आवश्यक सम्पूर्ण सौन्दर्य सेवा एउटै छानामुनि उपलब्ध गराइने जानकारी दिँदै सञ्चालिका खरेलले गुणस्तरीय सेवा, आधुनिक प्रविधि र अनुभवी विशेषज्ञमार्फत ग्राहकलाई उनीहरूको आवश्यकता अनुसार सेवा दिनु सलूनको मुख्य विशेषता रहेको बताइन्।
सलूनमा हेयर स्टाइलिङ, मेकअप, नेल आर्ट र ब्राइडल मेकओभरका साथै अत्याधुनिक स्किन केयर सेवा उपलब्ध छन्। विशेषगरी हाइड्रा फेशियल, लेजर ट्रिटमेन्ट जस्ता अत्याधुनिक प्रविधिसँगै छालासम्बन्धी समस्या पहिचानका लागि अनुभवी चिकित्सकको परामर्श र आवश्यक उपचारको व्यवस्थासमेत मिलाइएको छ।
अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय ब्रान्डका उत्पादनहरू प्रयोग गरिने भएकाले ग्राहकले सुरक्षित, प्रभावकारी र विश्वसनीय सेवा पाउने दाबी गर्दै सञ्चालक खरेलले आबुधाबीको ११ वर्षे लामो अनुभवलाई अब नेपाली ग्राहकमाझ पस्कन पाउँदा खुसी व्यक्त गरेकी छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment