नेपाली काँग्रेसको चियापान कार्यक्रम असोज २६ गते
फाइल फोटो
काठमाडौं । नेपाली काँग्रेसले असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने भएको छ।
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असोज २६ गते आईतबार कोजाग्रत पूर्णिमाको दिन दशैंको अवसर पारेर पार्टीले चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएका हुन्।
मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मलेन गरी उनले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रिय कार्यालय सानेपामा हुने र अन्य जिल्लाको चियापान कार्यक्रमको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्ने पनि स्पष्ट पारे।
काँग्रेसले पार्टी केन्द्रिय कार्यालय असोज २६ गते अपरान्ह दिउँसो एक बजेदेखि ५ बजेसम्म आयोजना हुने चियापान कार्यक्रममा सहभागी हुन संचारकर्मीहरुलाई पनि निमन्त्रणा गरेको छ।
नेपाली काँग्रेसले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि विपी कोइरालाले २०३४ सालबाट सुरु गर्नु भएको चियापान कार्यक्रम दशंैको अवसर पारेर हरेक वर्ष आयोजना गर्दै आएको छ।
पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले नेकपाका कार्यकर्ताले पार्टीका नेता मिनेन्द्र रिजालमाथि आक्रमण प्रयास गरेर नवमण्डले प्रवृत्ति देखिएको दावी गर्दै उनीहरुलाई सच्याउन पनि नेकपाका नेतृत्वलाई सचेत गराए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment