एलजी र सिजी इलेक्ट्रोनिक्सद्वारा ‘एफेक्सनेट इन्टेलिजन्स’सहित २०२६ को नयाँ प्रोडक्ट लाइनअप सार्वजनिक

डिसी नेपाल
१९ साउन २०८३ १२:३३

कठमाडौँ। एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले सिजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमा आफ्नो प्रमुख ‘एक्सपिरियन्स एआई: एफेक्सनेट इन्टेलिजन्स’ प्रदर्शनीको शुभारम्भ गर्दै सन् २०२६ का लागि नयाँ उत्पादनहरूको लाइनअप सार्वजनिक गरेको छ

काठमाडौँको मिनभवनस्थित एलजी ब्रान्डसपमा आयोजित एक विशेष समारोहबिच एलजी इलेक्ट्रोनिक्स सिङ्गापुर (बंगलादेश ब्रान्च) का सनघो चनले यस प्रदर्शनीको औपचारिक उद्घाटन गर्नुभएको हो

आगामी भदौ ४ देखि असोज १४ गतेसम्म सञ्चालन हुने यस प्रदर्शनीमा एलजीका नयाँ पुस्ताका एआई-सञ्चालित टेलिभिजन, अडियो सिस्टम, वासिङ मेसिन तथा रेफ्रिजरेटरलगायतका अत्याधुनिक घरायसी उपकरणहरू प्रदर्शनमा राखिएका छन्

कम्पनीका अनुसार एलजीको ‘एफेक्सनेट इन्टेलिजन्स’ अवधारणामा आधारित २०२६ एआई होम इकोसिस्टमले परम्परागत स्वचालन (अटोमेसन) भन्दा माथि उठेर प्रयोगकर्ताको जीवनशैली र दैनिक बानी बुझ्दै सोही अनुसार आफूलाई अनुकूल बनाउँछ

कार्यक्रममा बोल्दै सनघो चनले प्रविधि सहज, व्यक्तिगत र उपयोगी हुनुपर्ने धारणा राख्दै एआई होम इकोसिस्टमले दैनिक जीवनलाई सरल बनाउन र घरायसी जिम्मेवारी कम गर्न सहयोग पुर्‍याउने बताए। यस नयाँ प्रविधिले नेपाली उपभोक्ताहरूका लागि अझ स्मार्ट, आपसमा जोडिएका र ऊर्जा-दक्ष जीवनशैली प्रदान गर्ने कम्पनीको विश्वास छ

नयाँ लाइनअप अन्तर्गत एलजी एआई टिभीले प्रयोगकर्ताको रुचिअनुसार दृश्य र ध्वनिको गुणस्तर स्वतः अनुकूल बनाउनुका साथै घरभित्रका अन्य स्मार्ट डिभाइसहरू नियन्त्रण गर्ने मुख्य हबका रूपमा काम गर्दछ। त्यसैगरी ‘एआई डाइरेक्ट ड्राइभ’ प्रविधियुक्त वासिङ मेसिनले कपडाको प्रकार पहिचान गरी सोही अनुसार पानी र डिटर्जेटको मात्रा मिलाएर कपडाको संरक्षण र ऊर्जा बचत गर्दछ

भान्साका लागि तयार पारिएको एआई रेफ्रिजरेटरले घरपरिवारको प्रयोगको ढाँचा अध्ययन गरी तापक्रम र कुलिङ पर्फर्मेन्सलाई स्वतः समायोजन गर्दछ। यी सबै उपकरणहरूलाई एलजी थिनक्यू (ThinQ) एपमार्फत एउटै प्लेटफर्ममा जोडेर चलाउन सकिने सुविधा रहेको छ

नेपालमा एलजीका उत्पादनहरूको आधिकारिक राष्ट्रिय वितरक सिजी इलेक्ट्रोनिक्स रहेको छ। विगत चार दशकभन्दा लामो सहकार्यमार्फत सिजी इलेक्ट्रोनिक्सले एलजीलाई नेपाली बजारमा एक पछाडिको विश्वसनीय र प्रिमियम कन्जुमर इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा स्थापित गरेको छ

नयाँ सार्वजनिक गरिएका सबै एआई-सञ्चालित घरायसी उपकरणहरू फ्ल्यागसिप एलजी ब्रान्ड स्टोरका साथै नेपालभरका प्रमुख रिटेल आउटलेटहरूमा प्रदर्शन तथा खरिदका लागि उपलब्ध गराइएको छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *