जिम्बाबे भर्सेस नेपालः नेपालको कमजोर प्रदर्शन (लाईभ भिडियो)

डिसी नेपाल
१४ असोज २०७६ १९:३२

काठमाडौं। सिंगापुरमा जारी सिंगापुर त्रिकोणीय टि ट्वान्टी क्रिकेट सिरिजको मंगलबारको खेलमा जिम्बाबेले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ।

चुनौतीपूर्ण लक्ष्य पाएको नेपालले कमजोर ब्याटिंग गरेको छ। नेपालले पावर प्लेमै पारस खड्कसहित महत्वपूर्ण तीन विकेट गुमाएको छ।

नेपालले पहिलो विकेट १ रनको स्कोरमा पवन सर्राफलाई गुमायो। तेस्रो स्थानमा ब्याटिंग गर्न आएका दिपेन्द्रसिंह ऐरी ४ रन बनाएर आउट हुँदा नेपालको स्कोर ५ रन थियो।

६ औं ओभरमा छक्का हान्ने प्रयासमा पारस आउट भए। नेपालले ६ ओभरमा ३९ रन बनाउँदा ३ विकेट गुमाएको छ।

यसअघि सिंगापुरको इण्डियन एसोसिएशन मैदानमा पहिला ब्याटिंग गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनायो।

उसका लागि कप्तान सन विलियम्सनले सर्वाधिक ५३ रन बनाए। नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले २२ विकेट लिए।

कप्तान पारस खड्का र अभिनाश बोहोराले ११ विकेट लिए। सिंगापुरसहित सहभागी सिरिजमा नेपाल मंगलबार जिम्बाबे विरुद्ध दोस्रो खेल खेलिरहेको छ।

पहिलो खेलमा नेपाल जिम्बाबेसँग ५ विकेटले पराजित भएको थियो। उता जिम्बाबे घरेलु टिम सिंगापुरसँग पराजित भएको थियो भने नेपालले सिंगापुरलाई पराजित गरेको थियो।

जारी सिरिजम तीनै टिमले एक एक खेल जितेका छन्। मंगलबारको खेलमा नेपाल विजयी भए फाइनल पुग्ने सम्भावना बढ्ने छ। नेपालले अर्को खेल सिंगापुरसँग खेल्न बाँकी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *