लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
काठमाडौं। लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ तथा चिकित्सकको सिफारिसबिना खरिद गर्न नमिल्न लागुऔषधसहित विभिन्न स्थानबाट १६ व्यक्तिलाई पक्राउ गरिएको छ।
नाम पत्ता लगाउन बाँकी रहेका १८ वर्षीय किशोरलाई रोल्पा, माडी गाउँपालिका–२ घर्तीगाउँ बाट ४० मिलिग्राम, कैलाली, धनगढी उपमहानगरपालिका–२ विशालनगरबाट ९४ मिलिग्रामसहित दुई जना क्रमशः योगेश पाल र सुवास हमाल, कैलाली, टीकापुर नगरपालिका–१ खडकचोकबाट ६७० मिलिग्रामसहित मिन रावल, पाँचथर, फिदिम नगरपालिका–१ बरडाँडाबाट ४० मिलिग्रामसहित निराजन खतिवडालाई लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको हो।
त्यसैगरी, कञ्चनपुर, बेलौरी नगरपालिका–१ खल्ला पिपल चौताराबाट ५५० मिलिग्रामसहित निशान्त तामाङ, बाँके, बैजनाथ गाउँपालिका–१ बाट ७३० मिलिग्राम र नगद रु ३६ हजार ९६५ सहित नाम खुल्न नसकेको १८ वर्षीय किशोर मङ्गलबार पक्राउ परेका हुन्।
त्यस्तै चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न मिल्ने स्पास्मो २४० ट्याब्लेट, ट्रामाडोल ९० ट्याब्लेट र स्पास्मो १५० ट्याब्लेट सहित बीर्खबहादुर नेपाली र कृष्ण लुहारलाई क्रमशः धनगढी उपमहानगरपालिक–३, सुर्खेत सिम्ता गाउँपालिक–६ रामकोट, मोरङ, बेलबारी नगरपलिका–१ सिसौलीबाट ट्रामाडोल ४९ ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेटसहित विकास रौनियारलाई मङ्गलबार पक्राउ गरिएको हो।
केन्द्रीय प्रहरी समाचारकक्षले चितवन, रत्ननगर नगरपालिका–७ लौखानीबाट अवैध लागुऔषध ५०० ग्राम गाँजा र नगद रु एक लाख २९ हजार ५२५ सहित दीपक महतो र निजका छोरा राहुल महतोलाई मङ्गलबार पक्राउ गरिएको जानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment