बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ

डिसी नेपाल
२० साउन २०८३ २१:०२

काठमाडौं । बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी सिमराबाट काठमाडौं आउने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय नवलपुरमा बैङ्किङ कसुर मुद्दामा फरार इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रे बस्ने ४० वर्षीय रामबहादुर थापालाई विमानस्थलको आन्तरिक आगमन कक्षबाट आज पक्राउ गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

निजलाई थप अनुसन्धान र कारबाहीका लागि इप्रका नवलपुर पठाउने तयारी भइरहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *