राष्ट्रियसभाको बैठक आज बस्दै: गृहमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने

डिसी नेपाल
२१ साउन २०८३ ७:३७

काठमाडौं। संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बिहीबार अपराह्न १:१५ बजे संसद् भवन (सिंहदरबार) मा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने सम्भावित कार्यसूची रहेको छ।

संघीय संसद् सचिवालयका अनुसार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यकक र सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तरसमेत गृहमन्त्रीले दिने कार्यक्रम छ।

त्यसैगरी, राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धी ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सभासमक्ष पेस गर्ने कार्यसूचीसमेत राष्ट्रियसभाले सार्वजनिक गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *