संखुवासभामा खोलाले बगाउँदा हाइड्रोपावरका कर्मचारी बेपत्ता

डिसी नेपाल
२१ साउन २०८३ १७:३०

खुवासभा । संखुवासभाको मकालु गाउँपालिका–५ फाकफुकस्थित सिमली खोलाले बगाउँदा इन्दुवा हाइड्रोपावरका एक कर्मचारी बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा खाँदबारी नगरपालिका–७ निवासी २८ वर्षीय स्वागत निरौला रहेका छन्। उनी उक्त हाइड्रोपावरमा सुपरभाइजरका रूपमा कार्यरत थिए।

जिल्ला प्रहरी कार्यालयका डीएसपी कुमारप्रसाद मैनालीका अनुसार साथीहरूसँग खाना खाएर हाइड्रोपावरको आवासतर्फ फर्कने क्रममा बुधबार राति करिब ११ बजे सिमली खोला तर्ने बेलामा उनी खोलाले बगाएर बेपत्ता भएका हुन्।

निरौलालाई खोलाले बगाएपछि सँगै रहेका दिनेश विक र राजेन्द्र लिम्बुले राति नै प्रहरीलाई घटनाबारे खबर गरेका थिए। खबर प्राप्त हुनासाथ स्थानीय प्रहरी टोलीले बेपत्ता निरौलाको खोजी कार्य तीब्र पारिएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *