एक वर्षमा ३२ हजार जनाले सिसमहलको अवलोकन गरे
बागमती। हेटौँडा उपमहानगरपालिका–९ स्थित कुष्माण्ड सरोवर त्रिवेणी धाममा रहेको सिसमहललगायत दर्शनीयस्थलको अघिल्लो आर्थिक वर्षमा ३२ हजार ५०० जनाले टिकट काटेर अवलोकन गरेका छन्।
धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि धाम परिसरभित्र निर्माण गरिएका आकर्षक पार्कसहित, सिसमहल, हेटौँडा नगरको इतिहास झल्काउने संरचना, स्वचालित बुद्ध मूर्तिसँगै वृत्तचित्र आदि सःशुल्क हेर्ने व्यवस्था मिलाइएको छ।
यस धामको दिगो तथा व्यवस्थित सञ्चालनको अवधारणास्वरुप उक्त स्थानमा सःशुल्क प्रवेशको व्यवस्था मिलाइएको कुष्माण्ड सरोवर त्रिवेणी धाम व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिए।
धामभित्र गौमुखी १०८ धाराको स्नान, कुष्माण्डा भगवतीसहित त्यहाँ रहेका विभिन्न देवीदेवताको मन्दिर दर्शनका लागि भने निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ। धाम परिसरमा हेटौँडा उपमहानगरपालिकाको सहयोगमा हालै निर्माण सम्पन्न भएको विद्युतीय मनोरञ्जन यन्त्र (मनोरेल) पनि सञ्चालनमा आइसकेको बताउँदै अध्यक्ष न्यौपानेले उक्त मनोरेलमा चढेर मनोरञ्जन लिन चाहने बालबालिकाका लागि ६० रुपैयाँ प्रवेश शुल्कसमेत निर्धारण गरिएको जानकारी दिए।
धामलाई हेटौँडाको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि विभिन्न पूर्वाधार विकासका काम अघि बढिरहेको उनले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment