सुनको मूल्यमा ९ सय रुपैयाँको वृद्धि, प्रतितोला २ लाख ९६ हजार ९ सय पुग्यो
काठमाडौं। नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य वृद्धि भएसँगै आज छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला १० रुपैयाँले बढेर आज ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment