झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्रे, अन्य पूर्वाधार निर्माणमा प्रगति
भद्रपुर (झापा)। जिल्ला पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्षमा जिल्लाभर उल्लेखनीय भौतिक प्रगति हासिल गरेको छ । कार्यालयले दिएको विवरण अनुसार गत आवमा मात्रै ५१ किलोमिटर सडक कालोपत्र गरिएको छ ।
सडक पूर्वाधारतर्फ कालोपत्रेसँगै अन्य निर्माण कार्यहरू पनि तीव्र पारिएको कार्यालयले जनाएको छ । सोही अवधिमा ३२.८० किलोमिटर सडक ग्राभेल, ९.५२ किलोमिटर सडकमा आरसिसी ढलान तथा ९०० मिटर सडक मर्मतसम्भारको काम सम्पन्न भएको छ ।
जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमुख राजेश्वर महतोका अनुसार गत आर्थिक वर्षमा सडक मात्र नभई विभिन्न सामाजिक, प्रशासनिक तथा धार्मिक संरचनाहरूको समेत निर्माण भएका छन् । गत आवमा छ वटा झोलुङ्गे पुल, तीन सरकारी भवन, ४९ सामुदायिक भवन, ११ धार्मिक संरचना, आठ विद्यालयका पूर्वाधार, एउटा कभर्डहल तथा आठ अन्य भवन तथा पूर्वाधार निर्माण भएका छन् ।
भौतिक पूर्वाधार निर्माणतर्फ भएको खर्चको विवरण प्रस्तुत गर्दै कार्यालय प्रमुख महतोले गत आर्थिक वर्षमा विनियोजित बजेटको तुलनामा सन्तोषजनक खर्च भएको जानकारी दिएका छन् । गत आवमा पूर्वाधार विकासका लागि रु एक अर्ब ५१ करोड १४ लाख ७८ हजार बजेट विनियोजन भएकामा रु एक अर्ब पाँच करोड ४५ लाख ६४ हजार ५४० खर्च भएको कार्यालयले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment