राष्ट्रपति पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

डिसी नेपाल
२५ साउन २०८३ ११:५५

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेस गरेको छ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगहरूले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था रहेको छ। प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले सम्पूर्ण मुस्लिम समुदायको हकहित संरक्षण तथा सशक्तिकरणका लागि संवैधानिक एवं कानुनी व्यवस्था कार्यान्वयन भए/नभएको विषयमा अध्ययन गरी सरकारलाई सुझाव दिन आयोगले खेलेको भूमिकाको प्रशंसा गरे।

आयोगका यस्ता कार्यले संविधानले सुनिश्चित गरेको समान अवसर, सामाजिक न्याय र सम्मानजनक सहभागिताको कार्यान्वयनमा विशेष योगदान पुगेको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *