अभिनेत्रीको ठूलो खुलासा: ‘विवाहित अभिनेतासँग प्रेम सम्बन्धमा थिएँ, उसले मलाई कुटपिट गर्यो र धोका दियो’
काठमाडौं । भोजपुरी चलचित्र उद्योगकी ‘क्वीन’ का रूपमा चिनिने अभिनेत्री काजल राघवानी रियालिटी शो ‘भोजपुरी बवाल’ मा आफ्नो सादगी र सत्यताका कारण प्रशंसकहरूको मन जितिरहेकी छिन्। यस शोमा उनले आफ्नो व्यक्तिगत जीवन र भोजपुरी इन्डस्ट्रीबारे कैयौँ ठूला खुलासाहरू गरिरहेकी छन्।
हालै शोमा कुराकानी गर्दै काजलले आफ्ना विगतका प्रेम सम्बन्धबारे सनसनीपूर्ण खुलासा गरेकी छिन्। उनले आफू एक विवाहित अभिनेतासँग प्रेम सम्बन्धमा रहेको तर पछि सोही हिरोले आफूलाई छोडेको बताएकी छन्।
ब्रेकअपको पीडा व्यक्त गर्दै काजलले भोजपुरी इन्डस्ट्रीमा आफूमाथि निकै अन्याय भएको बताइन्। सम्बन्धमा रहेका बेला मानिसहरूले आफूमाथि बिनाकुनै कसुर धेरै पटक हातपातसमेत गरेको उनले खुलाएकी छन्।
रुँदै काजलले भनिन्, ‘मेरो परिवारको सम्पूर्ण जिम्मेवारी मेरै काँधमा छ र परिवारको खर्च म एक्लैले उठाउँछु। यही कारणले गर्दा म उनीहरूविरुद्ध कानुनी कदम चाल्न सकिनँ। जब ममाथि एक पटक हात उठाइयो, तब मलाई तिम्रो परिवारलाई बर्बाद गरिदिन्छु भनी धम्की दिइएको थियो।’
‘म डराएकी थिएँ। मलाई थाहा थियो कि यदि मैले केही बोलें भने यहाँ मलाई कसैले पनि साथ दिनेछैन, किनकि ती मानिसहरूको पहुँच र बलियो पकड छ। म बाहिरबाट आएकी एक्लै मानिस हुँ, त्यसैले मैले आफ्नो काम र परिवारमा मात्र ध्यान केन्द्रित गर्ने निर्णय गरें।’
काजललाई प्रश्न गरिएको थियो कि उनी किन एक विवाहित पुरुषसँग सम्बन्धमा परिन् ? यसको उत्तरमा उनले आफूले बुबाको माया नपाएको बताइन्। सम्बन्धित अभिनेताले आफूलाई धेरै माया गर्ने र आफ्नो ख्याल राख्ने हुनाले आफू उनको प्रेममा परेको उनले स्पष्ट पारिन्।
‘त्यो हिरोले मलाई आफ्नी श्रीमती र छोराछोरीसँगको सम्बन्ध बिग्रिसकेको छ भनी बताउने गर्दथ्यो, जसले गर्दा म भावनात्मक रूपमा कमजोर हुन्थें। उनी विवाहित अभिनेता मेरो साथमा ‘करवा चौथ’ जस्ता चाडपर्वसमेत मनाउँथे। उनी आफैँलाई थाहा थियो कि उनी विवाहित हुन्, त्यसो भए उनी म जस्तो मानिसको जीवनमा किन आए ?’ भनी उनले प्रश्न गरिन्।
काजलले थप खुलासा गरिन् – उनमाथि हातपात गर्ने अभिनेता अर्कै थिए। जब उनले काजलमाथि हात उठाए, तब काजलले पनि उनलाई फर्काएर थप्पड हानेकी थिइन्। तर त्यसपछि ती व्यक्तिले उनका कपाल समातेर भुइँमा पछार्दै कुटपिट गरेका थिए।
काजलले भनिन् – उनले ती अभिनेतालाई अन्धोपनको हदसम्म माया गर्थिन् र उनीप्रतिको पागलपनका कारण उनले आफ्नो हातसमेत काटेकी थिइन्। तर यस्तो अवस्थामा पनि ती हिरोले उनलाई उही हालमा छोडेर गए।
जब काजललाई उनीहरूको ब्रेकअपको कारणबारे सोधियो, तब अभिनेत्रीले भनिन् – ती अभिनेता आफ्नो अफिसमा एक अर्कै युवतीसँग बसेका थिए र कसैले उनलाई त्यसको ‘सीसीटीवी फुटेज’ पठाएको थियो। जब उनले यसबारे अभिनेतासँग प्रश्न गरिन्, तब उनले ‘हाम्रो मनोरञ्जन गर्ने तरिका यही हो’ भनी जवाफ दिएका थिए। यही घटनापछि उनीहरूको सम्बन्ध सधैँका लागि टुट्यो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment