आजको राशिफल: धनलक्ष्मी योगको प्रभावदेखि व्यापारिक लाभसम्म, हेर्नुहोस् आज तपाईंको दिन कस्तो छ?
मेष (Aries)
दिन राम्रो छ। मनमा खुसी छाउनेछ। कम बोलेरै आफ्ना कामहरू सफलतापूर्वक सम्पन्न गर्न सकिनेछ। व्यापारमा गरिएको लगानीबाट फाइदा हुने देखिन्छ। स्वास्थ्यका साथै राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ।
वृष (Taurus)
दिन सामान्य रहनेछ। सानातिना कुराले मनमा चिन्ता बढाउन सक्छ। स्वास्थ्य उपचारमा हुनुहुन्छ भने सुधारका संकेत देखिनेछन्। शिक्षाको क्षेत्रमा थप मिहिनेतको आवश्यकता छ। परिवारसँगको सम्बन्ध भने सुमधुर रहनेछ।
मिथुन (Gemini)
दिन सकारात्मक छ। साथीभाइको राम्रो साथ-सहयोग मिल्नेछ। आफ्नो सही मूल्याङ्कन गर्न नसक्दा मनमा केही अशान्ति भए पनि समग्रमा समयले साथ दिनेछ। अध्ययन-अध्यापनमा अलि बढी मिहिनेत गर्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कर्कट (Cancer)
दिन अत्यन्तै शुभ छ। आज धनलक्ष्मी योग परेकाले जग्गाजमिनको कारोबारबाट विशेष नाफा कमाउन सकिनेछ। केही खर्च बढे पनि राजनीतिक वृत्तमा तपाईंको चर्चा हुनेछ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरिएका प्रयासहरू फलदायी हुनेछन्। यद्यपि, पश्चिम दिशातर्फको लामो यात्रा नगर्नु नै राम्रो हुनेछ।
सिंह (Leo)
दिन अनुकूल छ। कृषि क्षेत्रमा गरिएको लगानीबाट राम्रो नाफा मिल्नेछ। प्रतिस्पर्धी तथा विपक्षीहरू शान्त रहेकाले सोचेका काम अगाडि बढाउनु उपयुक्त हुनेछ। परिवारसँगको सम्बन्ध मधुर बन्ने योग छ। राजनीतिक क्षेत्रमा भने अलि सचेत रहनुपर्नेछ।
कन्या (Virgo)
दिन सामान्य रहनेछ। मनमा अनावश्यक चिन्ता बढ्ने जोखिम छ। साथीहरूसँगको सहकार्यमा केही अवरोध सिर्जना हुन सक्छ। फजुल यात्रामा खर्च बढ्ने भएकाले आज यात्रा नगर्नु नै हितकर हुनेछ। बौद्धिक व्यक्तिहरूसँगको सहकार्यमा अघि बढेमा दिन सहज बन्नेछ।
तुला (Libra)
दिन राम्रो छ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा सुधार आउनेछ। स्वदेशमै लगानीका नयाँ र राम्रा विकल्पहरू देखिनेछन्। पारिवारिक सहयोगमा गरिएको लगानीबाट राम्रो प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृश्चिक (Scorpio)
दिन शुभ छ। कूटनीतिक क्षेत्रमा उल्लेखनीय सफलता मिल्नेछ। खानपानमा विशेष ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ। परिवारको पूर्ण साथ र सहयोग प्राप्त हुनेछ। बौद्धिक व्यक्तिको सुझाव अनुसार अगाडि बढ्नु उचित हुनेछ।
धनु (Sagittarius)
दिन फलदायी रहनेछ। धन-सम्पत्ति खर्च भए पनि राजनीतिक क्षेत्रमा तपाईंको वर्चस्व र चर्चा बढ्नेछ। नेतृत्व वर्गबाट साथ र सहयोग मिल्नेछ। प्रतिस्पर्धीहरू बौद्धिक भएकाले नम्र भएर काम लिनुपर्नेछ। शिक्षामा लाभको योग छ भने संकटको समयमा परिवारको दरिलो साथ मिल्नेछ।
मकर (Capricorn)
दिन सामान्य छ। आफ्नो धन-सम्पत्तिको सुरक्षामा विशेष ध्यान दिनुपर्नेछ। नयाँ लगानी गर्नका लागि आजको दिन उपर्युक्त छैन। परिवारलाई पर्याप्त समय दिन नसक्दा केही खटपटी बढ्न सक्छ। उत्तर दिशातर्फको यात्रा नगर्नुहोला।
कुम्भ (Aquarius)
सानातिना कुराले पनि मनमा खुसी ल्याउनेछ। शिक्षा क्षेत्रमा गरिएको मिहिनेतको उचित फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा सोचेजस्तो प्रगति नभए पनि पारिवारिक साथ र सहयोग निरन्तर प्राप्त भइरहनेछ।
मीन (Pisces)
दिन सामान्य छ। स्वास्थ्यमा केही समस्या देखिन सक्ने भएकाले सतर्कता अपनाउनुहोला। अध्ययन-अध्यापनको क्षेत्रमा थप मिहिनेतको आवश्यकता छ। धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ। व्यापार-व्यवसायमा गरिएको मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment