सुदूरपश्चिमका मुख्यमन्त्री शाहको राजीनामा स्वीकृत, नयाँ सरकार गठनका लागि आह्वान

डिसी नेपाल
२८ साउन २०८३ २०:५८

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।

प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री शाहको राजीनामा स्वीकृत गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।

विहीबार साँझ मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भएलगत्तै प्रदेश प्रमुखको कार्यालयले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतसहित नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेको हो। प्रदेश प्रमुखले सरकार गठनका लागि शुक्रबार बिहान ११:०० बजेसम्मको समयसीमा तोकेका छन्।

नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीनबुद्दे सहमतिअनुसार अब नेकपाको नेतृत्वमा नयाँ प्रदेश सरकार गठन हुने तयारी रहेको छ। नेकपाबाट संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने चर्चा चले पनि पार्टीभित्र उनको नामलाई लिएर विभिन्न आन्तरिक मतभेदहरू पनि रहेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *