सांसद खगेन्द्र सुनारले आइजीपीप्रति देखाएको व्यवहारले गृहमन्त्री असन्तुष्ट

डिसी नेपाल
२९ साउन २०८३ १५:३१

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले उजुरीको भरमा कसैको चरित्र हत्या गर्न नपाइने बताएका छन्।

शुक्रबार कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा सम्बोधन गर्दै गृहमन्त्री गुरुङले संसद्को सार्वजनिक लेखा समितिमा गृहसचिव र नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की लगायतमाथि रास्वपा सांसद खगेन्द्र सुनारले गरेको व्यवहारप्रति असन्तुष्टि जनाउँदै उजुरीको भरमा कसैको चरित्र हत्या गर्न नपाइने बताएका हुन्।

उनले भने, ‘अस्ति म त्यो समितिमा नभएको हिसाबले आज यो समितिमा एउटा सानो भन्ने मौका पाएको छु। जसरी हाम्रो मेरो गैरउपस्थितिमा जसरी हाम्रो सचिवज्यू र हाम्रो सहसचिवज्यूहरू, प्रहरी प्रमुखलाई जसरी जुन व्यवहार एउटा समितिमा प्रस्तुत गर्नुभयो, त्यसमा चाहिँ गृहमन्त्रीको ध्यानाकर्षण भएको छ। दिस इज नट राइट, दिस इज नट गुड।’

उजुरीकै भरमा दोषी करार गर्न नमिल्ने भन्दै उनले भने, ‘कसैलाई एउटा भनौं न, उजुरीको भरमा हामी न्यायाधीश बन्न चाहिँ मिल्दैन। आरोप हो जो कसैले नि लगाउन सक्यो। त्यसको आधारमा कसैको चरित्र हत्या गर्न पाइँदैन।’

गत बुधबार निर्वाचन प्रहरीको पोसाक र अन्य सामग्री खरिदको विषयमा परेको उजुरीको विषयमा सार्बजनिक लेखा समितिमा भएको छलफलमा रास्वपा सांसद खगेन्द्र सुनार आक्रामक रुपमा प्रस्तुत भएको विषय अहिले चर्चामा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *