आजको राशिफल: मेषको प्रेम सुमधुर, मकरलाई सतर्क रहन सुझाव

डिसी नेपाल
१ भदौ २०८३ ६:१२

आज १२ वटै राशि हुने जातका व्यक्तिहरूका लागि शिक्षा, स्वास्थ्य, व्यापार र पारिवारिक जीवनका दृष्टिले फरक-फरक प्रभाव रहने देखिएको छ।

राशिफल विवरण:

  • मेष: आजको दिन उत्तम रहनेछ। पठनपाठनमा अभिरुचि बढ्नुका साथै शिक्षा र स्वास्थ्य क्षेत्रको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ। राजनीतिमा प्रगति हुनेछ भने कम बोल्दा नै काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

  • वृष: मन प्रसन्न रहने र बोलीको प्रभावले रोकिएका काम बन्नेछन्। व्यापारमा आर्थिक फाइदा हुनेछ भने स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। तर, प्रेम सम्बन्धमा केही खटपट हुन सक्छ।

  • मिथुन: आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन सकिनेछ। मान-सम्मान प्राप्त हुनुका साथै साथीभाइसँगको भेटघाटले नयाँ योजना बन्नेछ। पारिवारिक मेलमिलाप र आत्मीय साथीको पूर्ण सहयोग मिल्नेछ।

  • कर्कट: परिवारसँग रमाइलो पल बिताउने अवसर मिल्नेछ। सञ्चित धन खर्च हुने सम्भावना छ। राजनीतिमा लगानी अनुसारको जिम्मेवारी पाइनेछ भने शिक्षामा केही ढिलासुस्ती हुन सक्छ।

  • सिंह: गुम्न लागेको धन फिर्ता हुनेछ। स्वदेशमै रोजगारीको अवसर मिल्नेछ। आफन्तको सहयोग प्राप्त भए पनि शिक्षामा लगानी बढाउन हिम्मत चाहिन्छ। आफ्ना गोप्य कुराहरू गोप्य नै राख्नु हितकर हुनेछ।

  • कन्या: विपक्षीहरूको समेत साथ र सहयोग मिल्नेछ। प्रियजन र बौद्धिक व्यक्तित्वहरूसँगको भेटले मन प्रसन्न र शान्त रहनेछ। शिक्षा क्षेत्रमा नयाँ कामको थालनी हुनेछ।

  • तुला: अधुरा कामका कारण मन केही उदास हुन सक्छ। परिवारमा तनाव बढ्ने जोखिम भए पनि प्रेम सम्बन्ध भने सुमधुर रहनेछ। बौद्धिक व्यक्तिहरूको साथले नयाँ योजनाहरू बन्नेछन्।

  • वृश्चिक: परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ र शिक्षामा गरेको मिहिनेतको राम्रो फल मिल्नेछ। राजनीतिमा सचेत रहनुपर्नेछ भने पश्चिम दिशाको एकल यात्रा नगर्नु उत्तम हुन्छ।

  • धनु: शुभ कार्य वा धार्मिक अनुष्ठानमा सहभागी हुने अवसर मिल्नेछ, जसले मनमा शान्ति दिनेछ। शिक्षामा समय दिँदा लाभ हुने योग छ। आज गोपनीयता कायम राख्नुपर्ने हुन्छ।

  • मकर: हरेक काममा विशेष सतर्कता अपनाउनुपर्ने दिन छ। काममा अवरोध र परिवारमा मनमुटावको जोखिम भएकाले कुनै पनि निर्णय लिनुअघि राम्ररी सोच्नुहोला।

  • कुम्भ: दक्षिण तर्फको यात्रा नगर्नु उचित हुनेछ। दिनको सुरुवात धार्मिक कार्यबाट गरे मन शान्त रहनेछ। शिक्षामा बढी मिहिनेत आवश्यक छ भने संकटको समयमा परिवारको दरिलो साथ मिल्नेछ।

  • मीन: मान-प्रतिष्ठा र इज्जत बढ्नेछ। अप्रत्यासित रूपमा अपरिचित व्यक्तिबाट सहयोग, धन आर्जन र शुभ समाचार प्राप्त हुनेछ। शिक्षामा प्रगति हुने योग छ, तर पारिवारिक मनमुटावबाट बचेर अघि बढ्नुपर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *