पश्चिम बङ्गालको तारापीठस्थित होटलमा भीषण आगलागी: सात जनाको मृत्यु, कैयौँ गम्भीर घाइते
काठमाडौं । पश्चिम बङ्गालको बीरभूम जिल्लास्थित प्रसिद्ध धार्मिक स्थल तारापीठको एउटा होटलमा सोमबार बिहानै भीषण आगलागी हुँदा सात जनाको मृत्यु भएको छ।
प्रहरीले दिएको जानकारीअनुसार यस दुर्घटनामा परी अन्य कैयौँ मानिसहरू गम्भीर घाइते भएका छन्।
समाचार एजेन्सी पीटीआईले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार चारतले होटलको भूइँतलामा (ग्राउन्ड फ्लोर) बिहान करिब ५ बजेतिर आगलागी सुरु भएको थियो। त्यस समय होटलमा बसेका अधिकांश पाहुनाहरू सुतिरहेका थिए।
आगलागीको सूचना पाउनासाथ दमकलका कैयौँ गाडीहरू घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएका थिए।
दुर्घटनापछि होटलमा तीव्र रूपमा राहत तथा उद्धार अभियान चलाइएको थियो। घाइतेहरूलाई तत्काल उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment