टेलिकमको अप्टिकल फाईबर बिछ्याउने काममा ढिलाई गरे सैह्य हुने छैनः प्रधानमन्त्री ओली

डिसी नेपाल
१५ असोज २०७६ १९:०१

काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास, निर्माणको काममा अलमल नगर्न सबै निकायलाई सचेत गराएका छन्।

प्रधानमन्त्री ओलीले नेपाल टेलिकमको अप्टिकल फाईबर बिछ्याउने काममा ढिलाई गरे सैह्य नहुने चेतावनी पनि दिए।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ३२ जिल्लामा नेपाल टेलिकमको ‘फोरजी सेवा’ एकैसाथ शुभारम्भ गर्दै उनले समयमा काम सम्पन्न नगरेर जनतालाई सेवाबाट बञ्चित गराउन नपाईने पनि दोहोर्याए।

प्रधानमन्त्री ओलीले फोरजी सेवाको ३२ जिल्लामा एकैसाथ शुभारम्भ गरेर मुलुकको विकासमा प्रविधिको प्रयोग र उपयोग गर्न सरकार सफल भएको दावी पनि गरे।

उनले मुलुकको विकासका लागि प्रविधिको प्रयोग सफल र उपयोगी भएको पनि स्पष्ट पारे। प्रविधिको हस्तान्तरणको माध्यमबाट मुलुकको विकास, निर्माणको काममा योगदान पुर्याउन पनि सम्वद्ध सबैले योगदान दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ।

प्रधानमन्त्री ओलीले नेपाल टेलिकमलाई आफ्ना परियोजनाहरुको काम समयमै सम्पन्न गराउने काममा केन्द्रित हुन पनि निर्देशन दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *