फ्रान्सद्वारा दुई ईरानी कूटनीतिज्ञलाई देश निकाला

डिसी नेपाल
३ भदौ २०८३ १०:५९

काठमाडौं । फ्रान्सले दुई इरानी कूटनीतिज्ञलाई देश निकाला (निष्कासित) गर्ने निर्णय गरेको छ। फ्रान्सका विदेशमन्त्री जिन-नोएल ब्यारोटले मङ्गलबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यसको जानकारी दिएका हुन्।

बीबीसी फारसीका अनुसार यसअघि इरानले फ्रान्सेली दूतावासका दुई कर्मचारीलाई इरान फर्किन रोक लगाएको थियो।

इरानी विदेश मन्त्रालयले गत जुलाईमा भएको एक कूटनीतिक विवादपछि ती दुई कर्मचारीलाई इरान प्रवेशको अनुमति नदिइने सोमबार जनाएको थियो।

गत जुलाई २० मा फ्रान्सका विदेशमन्त्रीले इरानी सुरक्षा बलमाथि दूतावासका दुई कर्मचारीलाई ‘धम्क्याएको र तर्साएको’ आरोप लगाएका थिए।

अर्कोतर्फ, इरानले भने फ्रान्समाथि आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको र प्रभाव पार्न खोजेको आरोप लगाउँदै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *