बागमतीको मुख्यमन्त्रीमा दाबी पुग्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले एक जना सांसदले व्यक्तिगत रूपमा दिएको समर्थनलाई दलको समर्थनका रूपमा मान्न नसकिने बताएका छन्।
उनले बागमती प्रदेशमा राप्रपाका १२ जना सांसद रहेकाले एक जना सांसदले मात्रै एक्लै मुख्यमन्त्रीका लागि समर्थन दिन नमिल्ने र त्यसलाई दलको समर्थन मान्न पनि नसकिने स्पष्ट पारेका छन्।
श्रेष्ठले एक जना सांसदको समर्थनलाई मान्यता दिइए पनि मुख्यमन्त्रीमा दाबी गर्ने आवश्यक संख्या नपुग्ने बताए। संख्या नपुगी गरिएको दाबीको कुनै अर्थ नहुने उनको भनाइ छ।
संसदीय दलको नेताको लेटरप्याडमा दिइएको भनिएको समर्थनमा समेत दलको समर्थन नरहेको श्रेष्ठले दाबी गरेका छन्। उनका अनुसार समर्थनका विषयमा संसदीय दलको बैठक नै बसेको छैन। उनले अनधिकृत हस्ताक्षरलाई मान्यता नदिन पार्टी केन्द्रीय नेतृत्व, पार्टी अध्यक्ष र संसदीय दलका प्रमुख सचेतकले प्रदेश प्रमुखलाई आग्रह गरिसकेको जानकारी दिए।
श्रेष्ठले परिपक्व प्रदेश प्रमुखले आफ्नो अधिकारको दुरुपयोग नगर्ने विश्वाससमेत व्यक्त गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment