नेप्सेमा सामान्य सुधार : ७ अंकले बढ्दा ४ अर्ब ४० करोडको कारोबार

डिसी नेपाल
४ भदौ २०८३ १५:५२

काठमाडौं। नेप्सेमा सामान्य वृद्धि भएको छ। आज विहिबार नेप्से ७.१७ अंकले बढेर २६२९.४० विन्दुमा पुगेर रोकिएको छ।

आज ३४५ कम्पनिका ९५ लाख ७६६ कित्ता शेयर ४ अर्ब ४० करोड १४ लाख ९ हजार ८५८ मा कारोबार भएको थियो। आज विकास बैंक, फाइनान्स, होटल्स, माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निर्जीव बीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ।

आज, सबैभन्दा बढी माउन्ट एभरेष्ट पावर र सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी कुमारी धनवृद्धि योजनाको शेयर ९.७७ प्रतिशतले घटेको छ।

त्यस्तै आज सबै भन्दा बढी अग्रिकल्चरल बन्डको ५० करोड ६५ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको ३० करोड ४ लाख बराबरको कारोबार भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *