दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद
घोराही (दाङ)। दाङमा प्रहरीले चार दिनको अवधिमा ३७ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ।
समाजमा हुने अवाञ्छित गतिविधि रोक्न, सम्भावित हुनसक्ने मानवीय क्षति कम गर्न र जङ्गली जनावरको अवैध चोरी–सिकारीमा प्रयोग हुनसक्ने अवैध हतियार बरामद अभियानलाई तीव्र पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डा हेमबहादुर केसीले जानकारी दिए।
सामुदायिक वन क्षेत्रको विभिन्न स्थानमा भरुवा बन्दुक लुकाईछिपाई राखेको अवस्थामा बरामद गर्नुका साथै यसबारे थप अनुसन्धान भइरहेको उनले बताए।
प्रहरीले बङ्गलाचुली गाउँपालिकाबाट १४ नाल, लमही नगरपालिकाबाट १३ नाल, तुलसीपुर उपमहानगरपालिकाबाट पाँच नाल, बबई गाउँपालिकाबाट दुई नाल, शान्तिनगर गाँउपालिका तथा घोराही उपमहानगरपालिकाबाट एक÷एक नाल भरुवा बन्दुक बरामद गरेको हो।
प्रहरीले साउन महिनामा मात्रै ९० नाल भरुवा बन्दुक बरामद गरेको थियो। प्रहरीले अवैध हतियार बरामद गर्ने अभियान चलाएपछि घरमा राखेका सबैले वनक्षेत्रमा हतियार लुकाउने गरेको पाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment