दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा प्रहरीद्वारा खानतलासी

डिसी नेपाल
४ भदौ २०८३ २०:०९

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ। भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित कमेरोटारमा रहेको प्रसाईंको निवासमा प्रहरीले उक्त खानतलासी गरेको हो।

बिहीबार बेलुका जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले प्रसाईंको घरमा खानतलासी गरेको हो।

पछिल्लो समय प्रसाईं लघुवित्त पीडितहरूको आन्दोलनमा सक्रिय रहँदै आएका छन्। शान्तिसुरक्षामा बाधा पुर्‍याएको भन्दै उनी यसअघि पनि बारम्बार पक्राउ पर्दै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *