तमोर करिडोर हुँदै ताप्लेजुङ–काठमाडौंका लागि लक्जरी बस सेवा सुरु

डिसी नेपाल
५ भदौ २०८३ १२:२८

ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङ र राजधानी काठमाडौं बस सेवाले जोडेको छ । जय पाथीभरा माता एसी बस सेवा प्रालिले बिहिबारबाट औपचारीक ताप्लेजुङ—काठमाडौ बस सेवा सुरु गरेको हो।  ताप्लेजुङको सरमुकाम फुङ्लिङबाट फिदिम हुँदै तमोर करिडोर–सिन्धुली—काठमाडौँसम्मका लागि ६ ओटा अत्याधुनिक बस सेवा सञ्चालनमा आएको हो ।

ताप्लेजुङ अवस्थित पाथीभराको दर्शण गर्न आउने भक्तजन, विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल क्षेत्रमा भ्रमाण गर्न आउने पर्यटकहरुलाई लक्षित गरेर प्रविधि सहितको सुविधा सम्पन्न बस सेवा सञ्चालनमा ल्याइएको ताप्लेजुङका बुकिङ इन्चार्ज मिथुन पालुङ्वा लिम्बूले बताए ।

सुरक्षालाई मध्यनजर गर्दै बसभित्र सीसी क्यामेरा यात्रु तथा यात्रुका सामाग्रीको निगरानी, निःशुल्क वाइफाई, मोबाइल चार्जिङ, एसी तथा फोल्डिङ लक्जरी सिटको व्यवस्थासहितका बस सेवा सञ्चालनमा ल्याइएको सञ्चालक जंग सुनुवारले बताए ।

उनका अनुसार सीसी क्यामेरा निगरानीमा बस सेवा सञ्चालन हुने भएकाले ढुक्कले यात्रुहरूले यात्रा गर्न सक्ने भएका छन् । साथै सामान्य जोखिमलाई न्यूनीकरण गर्नका लागि बसमा सिट बेल्टको समेत व्यवस्था गरिएको काउन्टर इन्चार्ज दिनेश खतिवडाले जानकारी दिए ।  बस सेवाले ताप्लेजुङ—काठमाडौ आउँजाउ गर्ने विद्यार्थी, तथा पर्यटकहरुलाई राहत पुग्ने सञ्चालक सुनुवारको भइरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *