काठमाडौंको बाँसबारीमा न्यूरो अस्पताल नजिकै २ तले घर भासियो
काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका स्थित बाँसबारीमा घर भासिएको छ । न्यूरो अस्पताल नजिकै साढे २ तले घर भासिएको प्रहरीले जनाएको छ ।
घर बिहीबार साँझ भासिएको हो । घरमा कोही मानिस नभएको हुनाले मानवीय क्षति नभएको प्रहरीले बताएको छ । सो घरमा न्यू गण्डकी गेस्ट हाउस सञ्चालनमा थियो । तर, ३ दिनअघि मानिसहरू त्यहाँबाट हटेका थिए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment