‘विवादित’ बहुमतबाट मुख्यमन्त्री नियुक्त थापाले आइतबार विश्वासको मत पाउलान्?

डिसी नेपाल
५ भदौ २०८३ १७:२६

हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार संसदबाट विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री थापाले भदौ ७ गते आइतबार १ बजे प्रदेश सभामा विश्वासको मत लिने तयारी प्रदेश सभाले गरेको छ। उनी बिहीबार एमाले, नेकपा र राप्रपाको ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

बागमती प्रदेश सभामा नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २६, नेकपा एमालेको २५, राप्रपाको १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ। निर्वाचित ११० प्रदेशसभा सदस्यमध्ये ६ जनाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि हाल प्रदेशसभा १०४ सदस्य कायम रहेको छ।

राप्रपाले दिएको सर्मथनप्रति विवाद भएको छ। राप्रपाको केन्द्रले आफ्नो निर्देशन विपरित एमालेलाई सरकार बनाउन समर्थन गरेको भन्दै संसदीय दलका नेता उद्धव थापालाई साधारण सदस्यसहित प्रदेश सभाबाट हटाउने निर्णय गरेको छ।

त्यस्तै राप्रपाले मन्त्री बनेकालाई पनि कारवाही गर्ने बताएको छ। राप्रपाबाट विहिबारनै गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक विकास, राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *