सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं। सर्लाहीको मलङ्गवा नगरपालिका-८ स्थित सडकमा ज१त ५२४६ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री गोडैता नगरपालिका-५ बस्ने २३ वर्षीया गुरीया कुमारीको आज मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी गुरीयाको प्रादेशिक अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। प्रहरीका अनुसार प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको छ।
त्यस्तै, कपिलवस्तुको कपिलवस्तु नगरपालिका-१ आन्दोलन चोकस्थित सडकमा कृष्णनगरबाट भैरहवातर्फ जाँदै गरेको ना५ख २३६० नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री कपिलवस्तु-२ बर्गदवा बस्ने २२ वर्षीया निशा गद्दीको आज दिउँसो मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते हुनुभएकी निशाको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment