चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

डिसी नेपाल
६ भदौ २०८३ १५:४३

चितवन। चितवनको खैरहनी नगरपालिका –०१ तरकारी चोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बस र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।

शनिबार दिउँसो करिब १२: २३ बजे नारायणघाटबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ३०/३२ वर्षीय पुरुष र पछाडि सवार अन्दाजी २५/२६ वर्षीया महिला गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाइएकोमा उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको हो। मृतकहरूको नाम, थर र वतन खुल्न बाँकी रहेको छ।

बस चालक सर्लाहीको हरिवन नगरपालिका–०८ निवासी ५१ वर्षीय अजयकुमार मास्के र दुवै सवारीसाधन नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *