सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित
काठमाडौं। सगरमाथा आरोही सङ्घको अध्यक्षमा दिवस पोखरेल निर्वाचित भएकाछन्।
सङ्घको केन्द्रीय कार्यालय तिलगङ्गामा आज सम्पन्न निर्वाचनबाट पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो। पोखरेल सङ्घको विधान २०५७ (संशोधन सहित २०५९) अनुसार अध्यक्ष निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत भूपेन्द्रप्रसाद पोखरेलले जानकारी दिए।
यस्तै, सङ्घको प्रथम उपाध्यक्षमा डिकी शेर्पा, द्वितीय उपाध्यक्षमा मदनकुमार चुडाल, महासचिवमा शिवबहादुर सापकोटा, सचिवमा छोकी शेर्पा, कोषाध्यक्षमा वाङ्दा शेर्पा तथा सदस्यमा लाक्पा याङ्जी शेर्पा र पासाङ ल्हामु शेर्पा निर्वाचित भएका छन्।
सङ्घले सगरमाथा आरोहीको हकहित र पर्वतारोहण क्षेत्रको प्रवद्र्धनमा लामो समयदेखि कार्य गर्दै आएको छ। नवनिर्वाचित अध्यक्ष पोखरेलले आगामी कार्यकालमा आरोहीहरूको सामाजिक सुरक्षा, वातावरणीय संरक्षण र पर्वतारोहण पर्यटनको विकासमा भूमिका खेल्ने बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment