कैलाली अदालतबाट दोषी ठहर भई फरार रहेका ११ जना पक्राउ
धनगढी। विभिन्न मुद्दामा जिल्ला अदालत कैलालीबाट दोषी ठहर भई फरार रहेका ११ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ठगी सम्बन्धि मुद्दामा ६ महिना कैद सजाय र ३० हजार जरिवाना तोकिएको लम्कीचुहा नगरपालिका–१० बस्ने ३२ वर्षीय श्यामबहादुर चौधरी, बैङ्किङ कसुर मुद्दामा १ दिन कैद सजाय र १ हजार ५१० जरिवाना तोकिएको लम्कीचुहा नगरपालिका–१ बस्ने राजबहादुर थापा, चेक अनादर मुद्दामा २ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएको लम्कीचुहा नगरपालिका–१ बस्ने केशवराज जैशी, लिखित सम्बन्धि कसुर मुद्दामा ५ महिना १५ दिन कैद तोकिएको लम्कीचुहा नगरपालिका–१० बस्ने खेमबहादुर चौधरी रहेका छन्।
यसैगरी बोक्सि सम्बन्धि आरोप मुद्दामा १ वर्ष कैद सजाय र ५ हजार जनही तोकिएका टीकापुर नगरपालिका–७ वैदी बस्ने २७ वर्षीय (माता भन्ने) सुनिल मिस्त्री, टीकापुर नगरपालिका–९ बौनिया बस्ने ३४ वर्षकी हिरामोती डगौरा थारु र सोही ठाउँ बस्ने ४५ वर्षकी लाली डगौरा रहेका छन्।
त्यस्तै बोक्सि सम्बन्धि आरोप मुद्दामै १ वर्ष कैद सजाय र १५ हजार जनही तोकिएका भजनी टीकापुर नगरपालिका–१ गौनिया बस्ने ५० वर्षीय जयराम डगौरा, सोही ठाउँ बस्ने ४४ वर्षीय पदम डगौरा, ४५ वर्षीय लहानु डगौरा र ५४ वर्षीय बाबुराम डगौरा रहेका छन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका एघारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरीले सोमवार पक्राउ गरेको जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment