रसुवाको टिमुरेमा बाढीपछि ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन
रसुवा। रसुवाको सीमावर्ती टिमुरे क्षेत्रमा बाढी र पहिरोपछि ड्युटीमा खटिएका ९ जना सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू सम्पर्कविहीन भएका छन्।
बाढीका कारण सो क्षेत्रको सञ्चार सेवा र सडक सम्पर्क विच्छेद भएकाले उद्धार तथा खोजी कार्यमा जटिलता थपिएको छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सम्पर्कविहीन भएका सुरक्षाकर्मीहरूसँग लगातार सम्पर्क स्थापित गर्ने प्रयास गरिरहेको जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको बाढी प्रभावित क्षेत्रमा हवाई तथा स्थल मार्गबाट थप सुरक्षा जनशक्ति र मेडिकल टोली परिचालन गरिसकेको जानकारी दिएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment