रसुवा बाढी : धादिङमा ६ जनाको शव फेला, ७ जनाको उद्धार

डिसी नेपाल
१० भदौ २०८३ १६:४६

काठमाडौं । रसुवागढी क्षेत्रमा आएको भीषण बाढीमा परि बेपत्ता भएका वा बगेर आएका व्यक्तिहरूमध्ये धादिङ जिल्लाको विभिन्न स्थानमा ६ जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार दिउँसो ३ बजेसम्म त्रिशूली नदी तथा आसपासका किनारमा ६ वटा शव फेला परेका हुन्।

प्रहरीका अनुसार गल्छी गाउँपालिकाको महेश दोभानमा एक महिलाको शव फेला परेको छ भने सोही गाउँपालिकाको कोल्फु खोला पुल नजिकै दुई जना पुरुषको शव भेटिएको छ।

यसैगरी, सिद्धलेक गाउँपालिका-७ स्थित त्रिशूली किनारमा एक जनाको शव फेला परेको छ भने बेनिघाट रोराङ गाउँपालिकाको बेनिघाट बजार नजिकै त्रिशूली किनारमा थप दुई महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ७ जना घाइतेहरूको सकुशल उद्धार गरिएको प्रहरीले बताएको छ। उद्धार गरिएका ती घाइतेहरूलाई तत्काल उपचारका लागि नजिकैको स्थानीय अस्पतालमा लगिएको छ।

रसुवामा आएको बाढीले ठूलो क्षति पुर्‍याएसँगै नदीतटीय क्षेत्रका जिल्लाहरूमा खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। सुरक्षाकर्मीहरूले बेपत्ता भएकाहरूको खोजी कार्य जारी राखेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *