रसुवाको बाढीमा घाइते १० जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत

डिसी नेपाल
१० भदौ २०८३ १६:५१

काठमाडौं। रसुवामा आएको बाढीमा घाइते भई उद्धार गरिएका १० जना काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचाररत छन्।

प्राप्त विवरणअनुसार दिउँसो ३ बजेसम्म १० जना घाइतेलाई काठमाडौं ल्याई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको हो।

उनीहरूमध्ये ४२ वर्षीय भक्त भण्डारी, ४१ वर्षीया सीता भण्डारी र २४ वर्षीया विवेक कुमाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन्। उनीहरू तीनै जना नुवाकोटको विदुर नगरपालिका–५ का हुन्।

त्यस्तै ३४ वर्षीया तेजबहादुर तामाङ,४८ वर्षीया पेम्बा तामाङ, कुशल मगर, ‘कार्की’ थर बताउने ४५ वर्षीय पुरुष, नामथर बताउन नसक्ने ३५ वर्षीय पुरुष, ३३ वर्षीय मिनबहादुर श्रेष्ठ र ४० वर्षीय गिरीलाल बुढाथोकी त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।

उद्धार गरिएका घाइतेमध्ये केहीको ठेगाना तथा सम्पर्क विवरण खुल्न बाँकी रहेको जनाइएको छ।

यो विवरण दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *