नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त
काठमाडौं। नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति नेपालस्थित पाकिस्तानी दूतावासले गहिरो दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको छ।
दूतावासले कठिन यस घडीमा बाढीबाट प्रभावित नेपाली नागरिकप्रति आफ्नो ऐक्यबद्धता रहेको जनाएको हो। दूतावासले बाढीका कारण बहुमूल्य जीवन गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित, बेपत्ता तथा आफन्त गुमाएर शोकमा रहेका परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
दूतावासले विपद्को यस कठिन समयमा नेपाल र नेपाली जनताको साथमा रहेको जनाउँदै प्रभावित सबैको सुरक्षा तथा उद्धारका लागि प्रार्थना गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment