रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, भारतीय सबैभन्दा धेरै!

डिसी नेपाल
१० भदौ २०८३ २०:०७

काठमाडौँ। रसुवामा आएको भीषण बाढीपछि ४०३ जना पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा ३४१ जना विदेशी र ६२ जना नेपाली पर्यटक रहेका छन्।

सम्पर्कविहीन पर्यटकमध्ये २०३ जना पुरुष र २०० जना महिला रहेका छन्। बाढीपछि सञ्चार तथा सडक सम्पर्क प्रभावित हुँदा उनीहरूको अवस्थाबारे जानकारी लिन कठिनाइ भएको जनाइएको छ।

सम्पर्कविहीन हुने विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन्। पर्यटन बोर्डका अनुसार १३३ जना भारतीय पर्यटक सम्पर्कविहीन छन्। त्यसैगरी अमेरिकाका ४७, अस्ट्रेलियाका ३४, बेलायतका ३३, क्यानडाका २४ र मलेसियाका १९ जना पर्यटक सम्पर्कविहीन भएका छन्।

यस्तै युक्रेनका ७, दक्षिण अफ्रिकाका ६, सिंगापुरका ६, न्यूजिल्यान्डका ५, जापानका ५, जर्मनीका ४, फ्रान्सका ३ र स्पेनका २ जना पर्यटक पनि सम्पर्कविहीन रहेको पर्यटन बोर्डले जनाएको छ।

बाढीका कारण रसुवाको उत्तरी क्षेत्रमा सडक, सञ्चार तथा अन्य पूर्वाधारमा क्षति पुगेपछि उद्धार तथा खोजी कार्य प्रभावित भएको छ। सम्पर्कविहीन पर्यटकको अवस्था पत्ता लगाउन सम्बन्धित निकायले खोजी तथा उद्धारलाई तीव्रता दिने प्रयास गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *